महेश सिंह लहान सिरहा- मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानको व्यवस्थापन तथा सञ्चालक समिति अध्यक्षमा राम नारायण मेहतालाई नियुक्त गरेको छ।
स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, पूर्वाधारको विकास, सेवा विस्तार र जनविश्वास बढाउने लक्ष्यसहित मेहतालाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
लाहान नगरपालिका–३ तर्फबाट अस्पतालको समग्र सुधारका लागि आवश्यक सहयोग, समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाइएको छ। स्थानीय तहको साथ र सरकारको योजना अनुसार अस्पतालले सेवा प्रवाहमा नयाँ गति लिने अपेक्षा गरिएको छ।







