Nagarik Nepal
Saturday, July 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Nagarik Nepal
No Result
View All Result

Home » लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा ६१ वटा बैठक, यी हुन् प्रदेश सभा बैठकमा कम उपस्थित हुने सांसद

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा ६१ वटा बैठक, यी हुन् प्रदेश सभा बैठकमा कम उपस्थित हुने सांसद


लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा ६१ वटा बैठक, यी हुन् प्रदेश सभा बैठकमा कम उपस्थित हुने सांसद

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा अहिलेसम्म ६१ वटा बैठक बसेकोमा कतिपय प्रदेश सभा सदस्य बैठकमा आक्कलझुक्कल उपस्थित हुने गरेका छन् ।प्रदेश सभाको पहिलो अधिवेशनमा १०, दोस्रो अधिवेशनमा २५, तेस्रो अधिवेशनमा ३, चौथो अधिवेशन अन्तर्गत साउन १२ गतेसम्म २३ पटक बैठक बसेको छ ।प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभा बैठकमा सबैभन्दा कम उपस्थित हुनेमा रुपन्देहीकी गीता गुरुङ छिन् । जनमत पाटीकी सांसद गुरुङ कुल ६१ बैठकमध्ये जम्मा २७ बैठक अर्थात् ४४ प्रतिशत बैठकमा मात्रै उपस्थित भएकी छन् ।दोस्रो नम्बरमा देवकरण प्रसाद कलवार छन् । कांग्रेसका कलावर जम्मा ३१ बैठकमा उपस्थित भएका छन् । प्रदेश सभा सदस्यद्वय अनुराग खड्का र आदेश कुमार अग्रवाल ३२ वटा बैठकमा उपस्थित छन् ।यस्तै, मधुसुदन शरण चौधरी कुर्मी ३३ वटा, वसिउद्धीन खाँ ३४ वटा, सरोज थापा ३६ वटा बैठकमा उपस्थित छन् भने धनबहादुर केसी र अब्दुल रजाक गद्दी ३७ वटा बैठकमा हाजिर भएको रेकर्ड छ । गिरीधारी लाल न्यौपाने ३८, सायर बानो ४० बैठकमा उपस्थित भएका छन् ।लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले बैठकमा कम उपस्थित भए पनि प्रदेश सभा सदस्यहरूले पाउने घर भाडादेखि औषधि उपचारसम्ममा सेवा सुविधा समान रूपमा लिने गरेको बताए ।प्रदेश सभा बैठकमा धेरै अनुपस्थित हुने सांसदहरू विभिन्न पारिवारिक समस्या र बिरामी भएर उपस्थित हुन नसकेको बताउँछन् । लुम्बिनी प्रदेश सभाको बैठकमा सबै धेरै अनुपस्थित भएकी सांसद गीता गुरुडले पारिवारिक कारणले गर्दा प्रदेश सभाको धेरै बैठकमा अनुपस्थित भएको बताइन् । ३१ बैठकमा मात्रै उपस्थित भएका सांसद देवकरण प्रसाद कलवारले स्वास्थ्यमा समस्या देखिएका कारणले बैठकमा उपस्थित हुन नसकेको बताए ।लुम्बिनी प्रदेश सभाका धेरैजसो बैठकमा उपस्थित हुने सांसदमा सभामुख तुलाराम घर्तीमगरसँगै खड्का बस्नेत र यमबहादुर नेपाली सार्की छन् । उनीहरू ६१ वटा बैठकमा उपस्थित छन् । बस्नेत यसअघि उद्योग तथा पर्यटनमन्त्री थिए भने सार्की  प्रदेश सभा विशेष अधिकार समितिका सभापति हुन् ।प्रदेश सभामा मेनुका खाँण, तुलसीप्रसाद चौधरी, सीता शर्मा, भगवती अधिकारी, शान्ति लोध ६१ मध्ये ६० वटा बैठकमा उपस्थित छन् । यस्तै मिना बुढा मगर ५९, दिनेश पन्थी र जमुना ढकाल ५८ वटा, धन बहादुर मास्के, राजु श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ र अम्बिका काफ्ले ५७ वटा बैठकमा उपस्थित छन् ।लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म ४ जना मुख्यमन्त्री भएका छन् । लीला गिरी, डिल्लीबहादुर चौधरी, जोख बहादुर महरा मुख्यमन्त्री भइसकेका छन् भने अहिले चेतनारायण आचार्य सरकारको नेतृत्वमा छन् ।यीमध्ये सबैभन्दा धेरै जोख बहादुर महरा र सबैभन्दा कम लीला गिरी प्रदेश सभा बैठकमा उपस्थित भएका छन् । महरा ६१ वटा प्रदेश सभा बैठकमध्ये ५३ वटामा उपस्थित हुँदा हालका मुख्यमन्त्री चेत नारायण आचार्य ५०, डिल्ली बहादुर चौधरी ४५ र लीला गिरी ४१ वटा बैठकमा उपस्थित भएको तथ्याङ्क छ ।दाङका अधिकारकर्मी सुशील बस्नेतले प्रदेशसभा जनताको आवाज उठाउने स्थान भएकाले त्यहाँ बोल्ने र प्रदेश सभा बैठकमा जाने नजाने सांसदहरुलाई नागरिकले नजिकबाट नियाल्नुपर्ने बताए । उनले जनताबाट चुनिएका प्रतिनिधिहरू जनताको लागि बोल्छन् कि सेवा सुविधामात्रै लिन जान्छन्, त्यो हेनुपर्नेमा जोड दिए ।

नागरिक नेपाल

नागरिक नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

नागरिक नेपाल मिडिया प्रा.लि. द्वारा संचालित नागरिक नेपाल डटकम
www.nagariknepal.com
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)
+977- ९८६५७२५७४३
इमेल:nagariknepal@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : महेश सिंह
  • +977- ९८६५७२५७४३
    • सह सम्पादक : प्रदिप सिंह
    • +977-९८४२११४८९४
      • सम्वाददाता : दिनेश गडतोला

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.