Nagarik Nepal
Saturday, July 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Nagarik Nepal
No Result
View All Result

Home » निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्ः गृहमन्त्री लेखक

निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्ः गृहमन्त्री लेखक


निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्ः गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुदूरपश्चिम प्रदेशको आज धनगढीमा आयोजित चौथो अधिवेशनको उद्घाटन समारोहमा उनले निजी विद्यालयहरूको भूमिका सबैले अनुभूत गरेको बताए।

गृहमन्त्री लेखकले भने, ‘सामुदायिक विद्यालयलाई राम्रो बताउनुपर्दछ भन्नेमा कुनै दुविधा छैन। सरकारले निःशुल्क अनिवार्य शिक्षा दिनुपर्दछ भन्नेमा पनि कुनै दुविधा छैन तर संस्थागत, निजी अथवा आवासीय विद्यालयका कारणले सार्वजनिक अथवा सामुदायिक विद्यालयको स्तर घटेको होइन। त्यसकारण दुवैलाई जुधाउनुपर्ने वा प्रतिस्पर्धा गराउनुपर्ने कुनै आवश्यकता छैन। दुवैको सुधार र योगदानको कदर गरिनुपर्छ।’

उहाँले सरकारले नीतिगत र कानुनी सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए। ‘नीतिगत सुधार भन्ने बित्तिकै कानुनी र संरचनागत सुधार हो, दुवै पक्षको सुधार गर्ने हो। सोहीअनुसार काम भइरहेको छ’, गृहमन्त्री लेखकको भनाइ थियो, ‘यसैकारण सङ्घीय संसद्मा भएका विधयेक चाँडो पारित गरेर गर्ने, आवश्यकताअनुसार संसोधन, नयाँ तर्जुमा गर्नुपर्ने कानुन संसद्मा प्रस्तुत गरेर अगाडि बढाउन लागेका छौँ।’ उनले शिक्षासम्बन्धी विधेयक चाँडै पास हुने उल्लेख गरे।

देशको अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो भूमिका र सहभागिता रहेको बताउँदै मन्त्री लेखकले यसको प्रवर्द्धन, संरक्षण गरेर मात्रै आर्थिक प्रगति हासिल गर्न सकिन्छ भन्ने नेपाल सरकारको मान्यता रहेको बताए। ‘नेपाल सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छ। निजी क्षेत्रको विकासले समग्र मुलुकको अर्थतन्त्रलाई विकसित गर्नसक्छ भन्ने कुरामा हामी स्पष्ट छौँ’, उनले भने।

प्याब्सन सुदूरपश्चिमका अध्यक्ष ललितराज पन्तले निजी तथा आवासीय विद्यालयको विकासका लागि सबैले हातोमालो गरेर अघि बढ्न जरूरी रहेको बताए।

नागरिक नेपाल

नागरिक नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नागरिक नेपाल मिडिया प्रा.लि. द्वारा संचालित नागरिक नेपाल डटकम
www.nagariknepal.com
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)
+977- ९८६५७२५७४३
इमेल:nagariknepal@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : महेश सिंह
  • +977- ९८६५७२५७४३
    • सह सम्पादक : प्रदिप सिंह
    • +977-९८४२११४८९४
      • सम्वाददाता : दिनेश गडतोला

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.