Home » रवि लक्षित शंकरको टिप्पणी : वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो ?
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित टिप्पणी गरेका छन् । सहकारीको रकम अपचलनबारे रवि लामिछानेले क्लिन चिट पाएको चर्चा भइरहेका बेला महासचिव पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्ने स्पष्ट भएको बताएका हुन् । कुनै कम्पनीको सीइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी गरिने खर्चबारे जानकार हुनु नपर्ने रास्वपाका नेता कार्यकर्ताको दाबीको खण्डन गरेका हुन् ।कुनै कम्पनीको सीइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीइओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ ।अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’ महासचिव पोखरेलले बुधवार सामाजिक सञ्जालमा लेखेका छन् ।
नागरिक नेपाल मिडिया प्रा.लि. द्वारा संचालित नागरिक नेपाल डटकम
www.nagariknepal.com
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)
+977- ९८६५७२५७४३
इमेल:nagariknepal@gmail.com
© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.